नायिका ऋचा शर्मा अस्वस्थ, नर्भिकमा उपचार हुँदै
वि.सं.२०७५ माघ ४ शुक्रवार ०१:०७
shares

अस्वस्थ भएपछि नायिका ऋचा शर्मालाई अस्पताल भर्ना गरिएको छ । प्रेसर, रूघाखोकीलगायतका समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
शर्मालाई बिहीबार अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । मुटुमा समस्या देखिएपछि अहिले शर्मालाई सघन उपचार कक्ष (अइसियु)मा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार शर्मा खतरामुक्त छिन् ।

























