काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै

10.96K
shares

इलाममा नौं दिनदेखि अनसनरत् डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि आज मध्यरातमा उपचारको लागि काठमाडौं ल्याइँदैछ ।

डा. केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौं ल्याउन लागिएको हो । ‘डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाैं लैजाने तयारी गरेका हौं’ डा.केसीका सहयोगी अविशेषराज सिंहले भने ।

स्वास्थ्यस्थिति कमजोर भएपछि जीवन रक्षाका लागि भए पनि काठमाडौं लान लागिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिएका छन् । केसीलाई एम्बुलेन्स मार्फत भद्रपुर लगिएको छ । त्यहाँबाट सेनाको नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याइने बताइएको छ ।

केसीको जीवन रक्षाका लागि काठमाडौं ल्याउने पहल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतको टोली बिहीबार नै इलाम पुगेको थियो ।