काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुन काण्डका अभियुक्तलाई छुटाउने ५ न्यायाधीश ‘कारबाहीमा’

11.57K
shares

३३ किलो सुन प्रकरणका अभियुक्तलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँच जना न्यायाधीशलाई कारबाही गरिएको छ ।

न्याय सम्पादनमा लापरबाही गरेको भन्दै चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीश भएपछि गठन भएको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि उनीहरुलाई सामूहिक रुपमा तानिएको अदालत स्रोतको भनाइ छ । कारबाहीमा पर्ने न्यायाधीशमा नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् ।

३३ किलो सुन तस्करी प्रकरणका चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अन्य अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउन मोरङ जिल्ला अदालतले आदेश दिएको थियो ।