गण्डकी प्रदेश सभामुख कप राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा
वि.सं.२०७५ माघ ४ शुक्रवार १४:३४
shares

गण्डकी प्रदेश पोखरामा जारी दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित बिहिवार भएको क्वाटरफाइनलमा प्रदेश ५ लाई हराउँदै गण्डकी सेमिफाइनलमा प्रवेश गरेको हो । यो सँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र पुलिसले सेमिफाइनलमा स्थान बनाएका छन् ।
प्रतियोगितामा विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ, दोस्रोले १ लाख ७० हजार, तेस्रोले १ लाख र चौथोले सान्त्वनास्वरुप ५० हजारका साथै ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

























