global ime bank Long Banner Ad

गृहपृष्ठ पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

देशको पहाडी भेगहरुमा आंशिक देखि सामान्य बदली भई आज पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुन र पश्चिमी वायुको प्रभावले गर्दा हल्का वर्षाको सम्भावना रहेको हो । दिउँसो देशको पुर्वी भूभाग,मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा हुने जनाइएको छ ।

पूर्वी पहाडी भूभागका थोरै स्थान तथा मध्य र पश्चिमका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेका महाशाखाको भनाइ छ । राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने छ ।

त्यस्तै पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु