गृहपृष्ठ पोखरीमा डुबेर एक जनाको मृत्यु
पोखरीमा डुबेर एक जनाको मृत्यु
झापामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईंको मृत्यु भएको हो ।
पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
प्रकाशित समय : १६:४४ बजे



















