गृहपृष्ठ सरकारका सबै साइट एकै पटक डाउन
सरकारका सबै साइट एकै पटक डाउन
सरकारका सबै वेबसाइटहरू एकै पटक बन्द (डाउन) भएका छन् । सरकारमातहतमा सञ्चालन हुँदै आएका जीओभी.एनपी भएका सबै वेबसाइट एकै पटक डाउन भएका हुन् ।
बिहानैदेखि प्रधानमन्त्रीका कार्यालयदेखि मन्त्रालयहरूदेखि स्वयं सरकारी साइटहरू नियमन गर्ने निकायकै समेट वेबसाइट डाउन भएको छ । एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ । विशेष गरी राजस्व, भन्सार, मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका सर्भरमा समस्या आएकाले सबै सरकारी साइटहरू बन्द भएको एक सरकारी अधिकारीले जानकारी दिए । हाल सरकारी साइटहरू रिकोभर गर्न प्राविधिकहरू खटिइसकेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित समय : १८:१६ बजे



















