global ime bank Long Banner Ad

गृहपृष्ठ राजपाको पश्न : सभामुखको रुलिङ पालना हुन्छ कि हुँदैन ?

राजपाको पश्न : सभामुखको रुलिङ पालना हुन्छ कि हुँदैन ?

राजपाको पश्न : सभामुखको रुलिङ पालना हुन्छ कि हुँदैन ?

राष्ट्रिय जनता पार्टीले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा आपत्ति जनाएको छ ।

आइतबारको संसद बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । उनले भने ‘हाम्रा नेता रेशम चौधरीको के दोष थियो ? राज्यको गल्ती थियो वा हाम्रा नेता कार्यकर्ताको ? मान्छे मार्ने अरुचाहिँ राज्य चलाउने, हाम्रा नेता जेलमा थुनिने ?’
सभामुखले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेपनि सरकारले वास्ता नगरेको उनले आरोप लगाए ।

‘सभामुखको रुलिङ पालना हुन्छ कि हुँदैन ?’ उनले सभामुखले गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सरकारका कारण निर्दोष व्यक्ति जेलमा छन,’ उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्यो ।’

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु