काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिन्धुलीगढीको प्रचार–प्रसार गर्न साइकलयात्रा

18.98K
shares

सिन्धुलीको ऐतिहासिकस्थल सिन्धलीगढीको प्रचार–प्रसारलाई सहयोग पुर्याउने उद्देश्यले साइकलयात्रा गरिने भएको छ । समृद्ध सिन्धुली अभियानले उक्त साइकलयात्रा आगामी मङ्सिर ६, ७ र ८ गर्न लागेको हो ।

यस वर्ष २५० किलोमिटर साइकलयात्रा हुने बताइएको छ । काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउँपालिकाअन्तर्गत मुलकोटमा आएर समापन हुने र दोस्रो दिन यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीसम्म आउने तथा तेस्रो दिन सिन्धुलीमाढीदेखि जनकपुरसम्मको साइकलयात्रा हुने अभियन्ता सौरभ ढकालले जानकारी दिए ।

सिन्धुलीको पहिचानसँगसँगै नाम जोडिएर आउने जुनारको पनि प्रचार–प्रसार गर्न खनियाखर्कमा जुनार सुपरजोनसँग समन्वय गरेर जुनारका कक्ष राखेर प्रदर्शनी तथा महोत्सव गरिने र साइकलयात्री फर्कँदा सिन्धुलीको जुनार कोशेलीका रुपमा लैजानेसमेत उनले बताए । समृद्ध सिन्धुली अभियानले विगत दुई वर्षदेखि सिन्धुलीगढीको प्रचार–प्रसार गर्ने हेतुले साइकलयात्रा, सिन्धुलीगढीमा कला शिविरलगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा

हरिबोधनी एकादशी तथा तुलसी विवाहका दिन यही कात्तिक २२ गते सार्वजनिक बिदा दिइएको छ । यहाँको दुधौली नगरपालिकाले शुक्रबार मनाइने हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकामा दनुवार समुदायको बाहुल्यता भएको र दनुवार समुदायले यस दिनलाई बड्की एकादशीका रुपमा विशेषपर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिए ।

यस दिन दनुवार समुदायले मात्र नभई नगरक्षेत्रमा बसोबास गर्ने नगरवासीले हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण कार्यालय, विद्यालय, सङ्घसंस्थामा सार्वजनिक बिदा दिइएको उनले बताए । यसअघि हरिबोधनी एकादशी अर्थात् बड्की एकादशीमा गत वर्ष पनि नगरपालिकाले बिदा दिएको थियो । अघिल्लो वर्षको निर्णयलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ । रासस