काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तीनै तहका सरकारबीच सहकार्यबाट नागरिकको अवस्था सुधार्नुपर्नेमा जोड

1.83K
shares

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा थापाले नागरिकको सामाजिक तथा आर्थिक अवस्था सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएको छन् ।

जिल्ला समन्वय समिति कैलालीद्वारा आज आयोजित वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा उनले विकास निर्माणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारले नियमित संवाद र सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले नागरिकले प्रत्यक्ष लाभ पाउने योजनालाई प्राथमिकता दिन र अधुरा योजनालाई सम्पन्न गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । विकासका कार्यक्रम नागरिकको आवश्यकता र अपेक्षाअनुसार कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री खुशीराम डगौरा थारुले सुशासनलाई प्राथमिकतामा राख्दै प्रदेशको समग्र विकासका लागि सहकार्य र सहअस्तित्वको भावनासहित अघि बढ्नुपर्ने बताए । उनले सङ्घीयतामाथि उठेका प्रश्नको सही ढङ्गले जवाफ दिने दायित्व प्रदेश तथा स्थानीय तहको पनि भएको उल्लेख गर्दै उपलब्ध स्रोतको उचित सदुपयोग र परिचालनमा ध्यान दिन आग्रह गर्े ।

“कानुनी र क्षेत्राधिकारसम्बन्धी समस्या छन् । सङ्घीयतालाई बलियो बनाउन ती समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । तथापि, प्राप्त अधिकारको प्रयोग गर्दै सुशासन, सहअस्तित्व र एकताको भावनासहित स्रोतको सदुपयोग र सही परिचालनमा ध्यान दिऔँ”, उनले भने ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुँवर, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री इन्दिरा गिरी, जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीका चौधरी (भुल) र उपप्रमुख खगराज भुसाललगायतले स्थानीय विशेषता र आवश्यकताका आधारमा नीति, योजना तथा कार्यक्रम छनोट गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनिहरूले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय, सहकार्य र नियमित अनुगमन आवश्यक रहेको धारणा राख्े ।