कांग्रेस महाधिवेशन : युवाको उचित प्रतिनिधित्व खोज्दै प्रतिनिधिहरु
वि.सं.२०८३ असोज १८ आइतवार १७:३९
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टीमा युवाहरूको प्रतिनिधित्व बढ्ने विश्वास अधिकांश सहभागी प्रतिनिधिहरूले व्यक्त गरेका छन्।
आइतबार काठमाडौंमा सुरु भएको महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टीलाई नयाँ पुस्ताको सोच र नेतृत्वसँग जोड्न युवाहरूको सहभागिता र प्रतिनिधित्व बढाउनुपर्ने धारणा राखेका छन्।
उनीहरूले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीको संगठन र नेतृत्वमा युवा पुस्तालाई थप अवसर दिनुपर्ने बताएका छन्।
महाधिवेशनबाट युवा पुस्ताको उल्लेख्य सहभागिता हुने र त्यसले पार्टीलाई नयाँ ऊर्जा तथा गति दिने विश्वास सहभागी प्रतिनिधिहरूको छ।






















