गृहपृष्ठ राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने

राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने

राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का टकमारी (मिन्टिङ) गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ४० करोड थान चलनचल्तीका सिक्काको डिजाइन, टकमारी, आपूर्ति तथा डेलिभरीका लागि पूर्वयोग्य सुरक्षण सिक्का टकमारी कम्पनीबाट बोलपत्र मागेको हो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आईसीबी) प्रक्रियामार्फत ‘सिंगल स्टेज, टू इनभेलप’ विधिबाट बोलपत्र आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक पूर्वयोग्य कम्पनीले काठमाडौंको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टकमारी प्रभागबाट नोभेम्बर २, २०२६ सम्म बोलपत्र कागजात खरिद गर्न सक्नेछन् । त्यसका लागि नेपाली रुपैयाँ २० हजार, १३१ अमेरिकी डलर वा ११५ युरो दस्तुर तोकिएको छ ।

राष्ट्र बैंकले अक्टोबर १५ मा दिउँसो १२ बजे बोलपत्र आह्वान गर्ने जनाएको छ । बोलपत्रदाताले नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ । बोलपत्रमा सहभागी कम्पनीले न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर वा सो बराबरको बोलपत्र जमानत पेस गर्नुपर्नेछ ।

नयाँ सिक्का टकमारी गरी आपूर्ति गर्न लागिएको यो प्रक्रियामार्फत राष्ट्र बैंकले चलनचल्तीमा आवश्यक पर्ने १ रुपैयाँ दरका सिक्काको मौज्दात व्यवस्थापन गर्ने तयारी गरेको हो ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु