global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ हेमराज र चन्द्र ढकालको समर्थनमा नरेशलाल समुहको उम्मेदारी दर्ता, भन्छन्–हाम्रो जीत सुनिश्चित छ

हेमराज र चन्द्र ढकालको समर्थनमा नरेशलाल समुहको उम्मेदारी दर्ता, भन्छन्–हाम्रो जीत सुनिश्चित छ

हेमराज र चन्द्र ढकालको समर्थनमा नरेशलाल समुहको उम्मेदारी दर्ता, भन्छन्–हाम्रो जीत सुनिश्चित छ

काठमाडौं । हेमराज र चन्द्र ढकालको समर्थनमा नरेशलाल समुहको उम्मेदारी दर्ता, भन्छन्–हाम्रो जीत सुनिश्चित छ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालको समर्थन पाएको सो समुहले हनुमान जयन्तीको अवसर पारेर आज महासंघ कार्यालय टेकुमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ढकाल र बस्तुगततर्फकै उपाध्यक्ष हेमराज ढकालको समर्थन पाएको नरेशलाल समुह सबैभन्दा बलियो र सशक्त मानिएको वस्तुगततर्फकै अध्यक्षहरु बताउँछन् । ‘गत निर्वाचनमा हेमराज ढकाल एक्लैले नेतृत्व गर्दा त उनले उच्च मत ल्याएर जितेका थिए भने बहुमत सदस्य आफ्नै टीमको जिताएका थिए,’ एक बस्तुगत संघका अध्यक्षले भने, ‘यसपटक सो समुहलाई चन्द्र ढकालले समेत खुलेर समर्थन गरेकाले पुरै टीम नै जित्ने देखिन्छ ।’ गत निर्वाचनमा तटस्थ बसेका महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल समुहले हेमराज ढकालको समुहलाई खुलेरै समर्थन गरेपछि सो समुह बलियो भएको हो ती अध्यक्षले जानकारी दिए ।

आज महासंघ कार्यालय टेकुमा पुगेर हेमराज ढकाल समुहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समुहको प्यानल नै उम्मेदवारी दर्ता गरेका हुन् । वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट सदस्यहरुमा कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरीबहादूर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादूर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली आजै महासंघ कार्यालय टेकुमा दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तासँगै आफ्नो समुह बलियो रहेको र जीत सुुनिश्चित रहेको उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले जानकारी दिए । ‘हामीले सबै क्षेत्रलाई समावेश गरी सशक्त टीम बनाएर अघि बढेका छौं,’ उनले भने, ‘तसर्थ हाम्रो टीमले नै जित्नेछ ।’ वस्तुगतफर्तको सवै क्षेत्रलाई समावेश गरेर बनाइएको सो समुह सबैभन्दा शसक्त र वलियो रहेको छ । उपाध्यक्षका उम्मेदवार श्रेष्ठको समुहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय, जलविद्युत लगायत सबैजसो क्षेत्रलाई समावेश गरी आफ्नो टीम निर्माण गरिएको छ ।

प्रकाशित समय : ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु