global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सेतो मच्छिन्द्रनाथको रथ निर्माण शुरू

सेतो मच्छिन्द्रनाथको रथ निर्माण शुरू

सेतो मच्छिन्द्रनाथको रथ निर्माण शुरू

सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य शुरू भएको छ। वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन शुरू गरिएको हो ।

काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलनअनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । यसपटकको सेतो मच्छिन्द्रनाथको जात्रा १२ चैतमा परेको छ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहिआएको छ ।

यात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ । किंवदन्तीअनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए ।

सोही परम्पराअनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ। उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार ओटा मच्छिन्द्रनाथ छन् ।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु