गृहपृष्ठ बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित
बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित
खजुरा । बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएको छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित भएको हो । उनका निकटतम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिममत परिणाम अनुसार नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गरेको छ ।
प्रकाशित समय : ०६:११ बजे



















