काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गृहमन्त्री अर्याल धनगढीमा

2.16K
shares
गृहमन्त्री ओमप्रकाश अर्यालले आज कैलालीको गौरीफन्टा सीमा नाकाको स्थलगत निरीक्षण गरेका छन ।
निरीक्षणका क्रममा उनले सीमा नाकामा सञ्चालन रहेको शान्ति पुनस्र्थापना गृह र स्वास्थ्य सहायता कक्षबाट भइरहेका गतिविधिबारे जानकारी लिए । यसअघि गृहमन्त्री अर्यालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा रहेको अस्पतालको पनि निरीक्षण गरे।
मङ्गलबार धनगढीमा आयोजना हुन लागेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री सुरक्षा निकायका प्रमुखसहित आज धनगढी आइपुगेका हुन ।