उल्लास होइन, दुर्घटनाको कारणबन्ने गरेको छ मदिराः एसएसपीकार्की
वि.सं.२०८२ असोज १२ आइतवार १०:२७
shares

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख,प्रहरी अतिरिक्त महानिरिक्षक दानबहादुर कार्कीले मनोरञ्जनको पर्यायवाची मादकपदार्थ भन्ने किसिमको गलत बुझाइ नेपाली समाजमा रहेको बताएका छन् ।
आइतबार चाडपर्व लक्षित ट्राफिकवाक समापन कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपाली समाजमा चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए ।
उनले भने,‘कतिपयले चाडवाडलाई उल्लासमयबनाउने भनेर आफ्नो जिउ, ज्यानको क्षति हुने गरी मदिरा सेवन गरेर हिँडेको पनिपाईन्छ । नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भएतापनि पनि पछिल्लो समयमा छन् भयंकर सेवन गर्ने,मनोरञ्जनको पयार्यवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाईको कारणले कयौँ होनाहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ ।’
त्यस्तै उनले चाडपर्वको बेल ापालना गर्नुपर्ने सबै किसिमका टाफिकनियमहरु पालना गर्न आग्रह गरे ।
दशैैँ लगायतका चाडपर्व शान्त रुपले पनि मनाउन सकिँदो रहेछ भन्ने सन्देश दिने गरी संयमता अपनाउन सबैमा उनले अपिल गरे ।

























