global ime bank Long Banner Ad

गृहपृष्ठ उदयपुरका विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण

उदयपुरका विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण

उदयपुरका विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण

उदयपुरको कटारी नगरपालिका–९ आहालेका १२ परिवारलाई ५० वटा बाख्रा वितरण गरिएको छ । सङ्घीय सरकार र नगरपालिकाको ५० प्रतिशत अनुदानमा नयाँ बाख्रा पकेट विस्तार कार्यक्रमअन्र्तगत बोयरलगायतका उन्नत जातको बाख्रा वितरण गरिएको हो ।

महाभारत कृषक समूहलाई बाख्रापकेट क्षेत्रको रुपमा विस्तार गर्दै बाख्रा वितरण गरिएको कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताए । “कृषि गरेर गाउँमै आम्दानी गर्ने र गाउँमै बस्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथमा यो कार्यक्रम सुरु गरेका हौँ”, उपप्रमुख खड्काले किसानलाई भने, “यसबाट आम्दानी गर्नुहोस् र पकेट क्षेत्र विस्तारमा सहयोग पु¥याउनुहोस् ।”

नगरपालिकाका पशुपन्छी शाखाका प्रमुख विजया कार्कीका अनुसार सङ्घीय सरकार नगरपालिकाको सहकार्यमा १५ लाखको लगानीमा बाख्रा पकेट क्षेत्र कार्यक्रम विस्तार गरिएको हो । “सत्र वटा खोर बनाउन थालेका छौँ र कृषकलाई बाख्रा वितरण गरेका छौँ”, प्रमुख कार्कीले भने, “बाख्रापालनका लागि उपयुक्त स्थान भएको क्षेत्रमा यो कार्यक्रम सुरु गरेका हौँ ।” घाँसपात र बाख्रापालनका लागि उपयुक्त स्थानभएको उल्लेख गर्दै समूहका अध्यक्ष लोकबहादुर मगरले कृषकलाई ठूलो हौसला प्राप्त भएको बताए ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु