global ime bank Long Banner Ad

गृहपृष्ठ स्थानीय निकायबीच समन्वय हुनुपर्ने

स्थानीय निकायबीच समन्वय हुनुपर्ने

स्थानीय निकायबीच समन्वय हुनुपर्ने

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास आदानप्रदान गर्न पालिकाहरुबीचमा समन्वय हुनुपर्नेमा जोड दिएको छ ।

ललितपुर महानगरले भगिनी सम्बन्ध कायम गरेको सल्ल्यान जिल्लाको शारदा नगरपालिकाका जनप्रतिनिधिहरुसँग आज भएको छलफलमा स्थानीय सरकारको जिम्मेवारीमा रहेका पालिकाहरु समृद्ध हुन एकअर्काका असल अभ्यास आदानप्रदान गर्नुपर्छ भने ।

आर्थिक रुपले समृद्ध पालिकाले अन्य पालिकालाई सहयोग गर्नु उसको कर्तव्य भएको बताउँदै महानगर प्रमुख महर्जनले स्थानीयका समस्या समाधान गर्दै ललितपुर महानगर जनताकेन्द्रित रहेको बताए ।

शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगरका गतिविधिको सराहना गर्दै बजेट अभावका कारण आफूले विकास–निर्माणका सबै आयोजना कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु