global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बाराही देवीको तिप्वा जात्रा सम्पन्न

बाराही देवीको तिप्वा जात्रा सम्पन्न

बाराही देवीको तिप्वा जात्रा सम्पन्न

नौ दिन आठ रात मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्राअन्तर्गत भक्तपुर बाराही देवीको तिप्वा जात्रा आज सम्पन्न भएको छ ।

बिस्का जात्राको चौथो दिनअर्थात् चैतको मसान्तको साँझ भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसिद्यःउठाएपछि अष्टमात्रिकाका शक्तिशाली देवी बाराहीको तिंप्वा जात्रा गर्ने परम्परा छ । चैत मसान्तको दिनमा यसिंद्यः नउठेपछि आज दिउँसो उठाइसकेपछि जात्रा गरी सम्पन्न गरेको हो ।

भक्तपुर नगरपालिका–३, तेखाचो टोलमा रहेको बाराहीको मूर्तिलाई खटमा राखी तिंप्वा जात्रा गरिन्छ । प्यागोडाशैलीमा निर्मित बाराहीको खटलाई सिँगार पटार गरी तयार गरी बाराहीलाई विराजमान गराइन्छ ।

जात्रामा सातसय टोलका स–साना बालबालिकादेखि वृद्धवृद्धा चिलाख बालेरजात्रामा सहभागी हुने गर्दछ । जात्रामा हजारौँ भक्तालु धुप, बत्ती, सुकुन्दा बाली सहभागी हुने गर्दछन् । बाराही पीठ नजिक रहेको हनुमन्ते खोला तर्दा खोलाको पानी छ्यापी बाराहीलाई पीठ पु¥याइन्छ ।

पीठमा पुगेपछि आचाजुहरुद्वारा बाराहीको तान्त्रिक पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि स्थानीय सातसय टोलको बलि पूजा थापेर आज यसिंद्य ढालिसके पछि बाराहीलाई पुज्ने सातसय टोलमा परिक्रमा गरी पूजा गरिन्छ । पूजामा बाराहीलाई प्रसादको रुपमा चतामरी छरिदिने परम्परा छ । सबै टोलको परिक्रमा पछि देवगृहमा लगिन्छ ।

त्यसैगरी यसिंद्यः उठाइसकेपछि मनाइने अष्टमात्रिका अर्को शक्तिशाली देवी इन्द्रायणीको त्वारिवा जात्रा पनि आज दिउँसो सम्पन्न गरेको छ । इन्द्रायणी देवीको द्योः छेमा रहेको मूर्तिलाई खटमा विराजमान गराई आफ्नो इलाकामा जात्रा मनाउने परम्परा छ । जात्रा गर्दा  इन्द्रायणी देवीको  इलाकाका बासिन्दाले आ–आफ्नो घरबाट त्वारिवा ल्याई देवबत्ती बालेर  जात्रामा सहभागी हुने गर्दछ । स्थानीय दाफा, भजनखलको भजन र बाजाहरुको गुञ्जायमान जात्रालाई थप रौनक बनाउँदछ ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु