गृहपृष्ठ कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृती
कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृती

कामना सेवाविकास बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार शेयर जारी गर्न स्वीकृतीप्राप्त गरेको छ । विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभावाट अग्राधिकार शेयर जारी गर्ने सम्वन्धी प्रस्तावपारित गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलवार अग्राधिकार शेयर जारी गर्नको लागि स्वीकृतीप्रदान गरेको बैंकका प्रमुखकार्यकारी अधिकृत दिनेश थकालीले वताए । नेपाल राष्ट्र बैंकले गतवर्षको मौद्रिकनीतिको तेश्रो त्रयमासिक समिक्षामा गरेको व्यवस्था वमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नको लागि हकप्रद सेयरको विकल्पको रुपमागतआषाढ१२ गते सर्कुलर जारी गर्दैअविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न वाटो खुलाएको थियो ।
नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न वाटो खुलाएसँगै बैंकले गतआषाढ १७गते नै ९ प्रतिशतप्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त अग्राधिकार शेयर जारी गरे पश्चात बैंकको पुँजीकोष वढ्न गई व्यवसायविस्तारको अवसर वढ्न जानेछ । हालको वजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभासं प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्ययम हुने बैंकले जनाएको छ ।
अव, नेपाल धितोपत्र वोर्डको स्वीकृती पश्चात उक्त अविमोच्य असञ्चिति अग्राधिकार सेयरविक्रीको लागि आव्हानहुने र सम्वन्धी तनियामकियनिकायको स्वीकृती पश्चात स्टक एक्सचेञ्जमा सुचिकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले वताए ।
प्रकाशित समय : १६:०४ बजे