global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’

‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’

‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन नसक्ने बताएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आज यहाँ आयोजना गरेको सुरक्षासम्बन्धी अन्तरक्रियामा सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच हातेमालो आवश्यक रहेको बताए ।

अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति, सुरक्षा कायम गर्नुका साथै कुरीति र बिसङ्गति अन्त्य गर्न नागरिकको भूमिका पुलको रूपमा रहेको औँलयाउँदै प्रहरी र नागरिकबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।

शान्तिपूर्ण र सुरक्षित समाजका लागि सामुदायिक–प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदाय र प्रहरी एकजुट भई अगाडि बढ्नुपर्ने उनले धारणा राखे । “प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्न नागरिकको सुझाव तथा सल्लाह आवश्यक छ”, उनले भने ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले अपराध नियन्त्रण र अनुसन्धानकार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गरे । उनले प्रहरी र नागरिकले एकआपसमा सहयोग, सहकार्य र समन्वयले मात्र समाजमा शान्ति सुरक्षा थप मजबुत हुने धारणा राखे ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले समुदाय र प्रहरीको सहकार्यले मात्र आपराधिक घटना न्यूनीकरण गर्न सकिने बताए । अन्तरक्रियामा शान्ति सुरक्षा, सडक सुरक्षा, लागुऔषध दुव्यर्सनी न्यूनीकरणका विषयमा जिज्ञासा र गुनासो राखिएको थियो ।

प्रकाशित समय : १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु