प्रहरीको लाठीले सुनिताको खुट्टा भाचिँयो, प्रहरीद्धारा गल्ती अस्विकार
वि.सं.२०८१ माघ १ मंगलवार २१:३२
shares

मायाको संसार संस्थाकी अध्यक्ष सुनिता लामालाई भरतपुरस्थित वडा प्रहरीलले कुटपिट गरी लाठी चार्ज गर्दा भागदौड गर्ने क्रममा सुनितासहित अर्को १ जनाकोे खुट्टा भाचिँएको छ ।
त्यस दिन सुनिता फायर क्लब गरेर चितवनबाट फर्कने क्रममा नारायणी नदी छेउमा चिया पिउँदै गफ गरिरहेको बेला वडा प्रहरीको समुहले अपमान गर्दै लाठी चार्ज गर्दा उनी भाग्नेक्रममा लडेर खुट्टा भाचिँएको थियो ।
उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । उक्त घटनाबारे जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । प्रशासनले घटनाको बारेमा छानबिन र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे । तर प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले उनीहरुमाथि लाठी चार्ज नभएको बताए । उनले भने, ‘उनीहरुलाई हामीले कुटपिट गरेको छैन । प्रहरी भ्यान आउनेबित्तिकै भाग्ने क्रममा लडेर सुनिताको खुट्टा भाचिँएको हो । हामीले लाठी चार्ज गरेको छैन ।’
भरतपुर ३ स्थित वडा प्रहरी प्रमुख काशीराज थापा भन्छन्, ‘उनीहरुलाई कुटपिट गरेको छैन । हामीहरुलाई गलत आरोप लगाए ।’

























