global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अध्यादेशको हल्ला बिचमा प्रचण्ड र माधव भेटबार्ता

अध्यादेशको हल्ला बिचमा प्रचण्ड र माधव भेटबार्ता

अध्यादेशको हल्ला बिचमा प्रचण्ड र माधव भेटबार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संबिधान संसोधन हुने तथा थ्रेस होल्ड राखेर राजनीतिक दल सबन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र नेपालका बिचमा भेटबार्ता भएको हो । दुवै नेताले सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सो भेटवार्ता भएको हो ।

दुइ नेतासहित अन्य नेताहरूका बिचमा भएको भेटवार्ताको क्रममा समसामयिक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चा लगायतका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले सञ्चारकर्मीलाइ जानकारी दिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ८७ सालमा संविधान संशोधन हुन्छ भनेर दिएको अभिव्यक्तिपछि दुई नेताबिच भेटवार्ता भएको हो ।

 

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु