global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बजेटअघि श्रीलङ्काका राष्ट्रपति चीन भ्रमणमा जाने

बजेटअघि श्रीलङ्काका राष्ट्रपति चीन भ्रमणमा जाने

बजेटअघि श्रीलङ्काका राष्ट्रपति चीन भ्रमणमा जाने

श्रीलङ्काका राष्ट्रपतिले आफ्नो पहिलो राष्ट्रिय बजेटअघि अर्को हप्ता मुलुकको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनको भ्रमण गर्नुहुने सूचनामन्त्री नालिन्दा जयतिसाले मङ्गलबार बताएको छ ।

यो भ्रमण राष्ट्रपति अनुर कुमार दिसानायकेको पहिलो बजेटभन्दा एक महिनाअघि हुन लागेको हो । भ्रमणले सन् २०२२ मा देशको सबैभन्दा खराब आर्थिक सङ्कटबाट भएको कष्टकर पुनप्र्राप्तिलाई कायम राख्ने योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

दिसानायके जनवरी १४ देखि तीन दिने भ्रमणमा जान लागेको मन्त्री जयतिसाले जानकारी दिए ।

सेप्टेम्बरमा निर्वाचित भएपछि यो दोस्रो विदेश भ्रमण हुनेछ । गत महिना क्षेत्रीय शक्ति भारतको भ्रमण गरेको थियो ।

सन् २०२२ मा कोलम्बोमा खाद्यान्न, इन्धन र औषधि जस्ता आवश्यक आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलङ्काले आफ्नो सार्वभौम ऋण चुक्ता गर्न नसकेको बेला अन्य सरकारबाट लिएको १४ अर्ब डलर ऋणको आधाभन्दा बढी हिस्सा चीनको थियो ।

वामपन्थी दिसानायकेले सन् २०२३ मा आफ्ना पूर्ववर्तीले वार्ता गरेको दुई अर्ब ९० करोड डलरको चार वर्षे अन्तर्राष्ट्रिय मुद्राकोष ९आइएमएफ० राहत ऋण कार्यक्रमलाई पहिले नै समर्थन गरिसक्नुभएको छ र राज्यको राजस्व बढाउन उच्च कर लगाउने योजना बनाएको छ ।

धेरै ढिलाइपछि श्रीलङ्का सरकारले गत महिना आफ्नो दिवालिया स्थितिको अन्त्य गर्दै द्विपक्षीय ऋण र अन्तर्राष्ट्रिय सार्वभौम बन्ड दुवैको पुनर्गठन गरेको थियो ।

आधिकारिक स्रोतहरूका अनुसार श्रीलङ्काले चीनबाट थप आर्थिक सहायता माग्न सक्ने सम्भावना रहेको छ ।

दुई देशले सरकारी सञ्चार माध्यमहरूबीच नजिकको सहकार्य लगायत केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

राष्ट्रपति दिसानायकेको साथमा विदेशमन्त्री विजित हेराथ र यातायातमन्त्री विमल रत्नायके रहनेछ ।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु