global ime bank Long Banner Ad

गृहपृष्ठ ‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण गरी शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान भएको बताएको छ ।

पूर्वाञ्चल बालसेवा आश्रम विराटनगर–१३ का अध्यक्ष बालमुकुन्द पोखरेल र संरक्षक सीता पोखरेलका नाममा स्थापित ‘सीता बालमुकुमुन्द पोखरेल प्रतिष्ठान’द्वारा आज आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले आश्रममा रहेका ६० बालबालिकालाई शिक्षित र संस्कारयुक्त बनाएर राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याएको धारणा राखे । प्रदेश सरकारले आश्रमलाई अझ व्यवस्थित एवं सुविधा सम्पन्न बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष पोखरेलले विगत ४० वर्षदेखि आश्रित बालबालिकालाई शिक्षित बनाई समाज एवं राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएकामा प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले यसबाट अन्य व्यक्ति तथा संस्थाले प्रेरणा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा साहित्यकार कुन्ती शर्मा र समाजसेवी श्याम अधिकारीकालाई नगद २५÷२५ हजार एवं प्रमाणपत्रसहित सम्मान गरिएको थियो । साहित्यकार शर्मा र अधिकारीले सम्मानबाट समाजमा रहेका युवालाई साहित्य र समाजसेवामा लाग्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँले, आश्रमकी संरक्षक सीता पोखरेल, सदस्य ब्युटी श्रेष्ठ र सिद्धार्थ बैङ्कका प्रदेश प्रमुख कमल बस्नेतले आश्रमले अनाथ बालबालिकाको सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको धारणा राखे ।

कार्यक्रममा सिद्धार्थ बैङ्कले आश्रमलाई आवश्यक फर्निचर सहयोग प्रदान गरेको थियो ।

प्रकाशित समय : १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु