गृहपृष्ठ बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना
बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना
Department of Transport Management in Kathmandu, on Sunday, May 19, 2019. Photo: Sandeep Sen/ THT Online
काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक केन्द्र बनेपा नगरपालिका–६ बुडोलमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ । नगरपालिकाले निर्माण गरेको सपिङ कम्पलेक्समा रहेको कार्यालयको बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आज एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
बनेपा भएर छिमेकी देशहरूसँगै सीमा जोडिने बिपी राजमार्ग र अरनिको राजमार्ग भएको कारण यहाँ कार्यालय स्थापना गर्नु अतिआवश्यक भएको मन्त्री लम्सालले बताए । “यहाँ कार्यालय स्थापना गर्न आवश्यक थियो, सो कार्य आजबाट पूरा भएको छ”, उनले भने, “यस विभागबाट पाँचवटा जिल्लाले सेवा पाउनेछन्, कार्यालय स्थापना भएसँगै अब सेवा लिनका लागि राजधानीसम्म धाइरहनु पर्दैन ।”
विभागलाई नमूना कार्यालय बनाउन कर्मचारीले मेहनत गर्नुपर्ने र गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई मन्त्री लम्सालले निर्देशन दिए ।
प्रदेश सरकारले रोजगारी सिर्जनाको कार्यक्रम अघि बढाएको बताउँदै त्यसका लागि ठोस कार्यक्रमसहित अघि बढ्न बजेटमा व्यवस्था गरेको बताए । महिलाहरूलाई सवारी चालकको सीप सिकाउन ४८ लाख बजेट छुट्याएको बताउँदै कार्यविधि बनाएर उत्कृष्ट सवारी चालक र सहचालकलाई सम्मान गर्ने कार्यक्रम मन्त्रालयले ल्याएको उल्लेख गरे ।
मन्त्रालयले जेठसम्ममा १० अर्ब राजस्व सङ्कलन गरेको,चालु आर्थिक वर्षमा ९० प्रतिशत राजस्व सङ्कलन हुने अवस्था रहेको उनको भनाइ थियो । ‘श्रम नीति निर्माण भइसकेकाले सङ्घीय सरकारसँगको समन्वयमा ऐन निर्माण कामसमेत अघि बढ्ने तयारी छ”, उनले भने ।
आगामी साउनबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने सरकारको तयारी रहेको मन्त्री लम्सालले बताए । प्रदेश सरकारले ज्यालादारी र अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोड्ने काम भइरहेको उनले उल्लेख गरे ।
बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे, रत्न ढकाल, रुकु चौलागाईँ, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य र प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईँलगायतले यातायात क्षेत्रका समस्या र समाधानका लागि जिल्लामा रहेका कार्यालयले प्रदान गर्ने सेवा प्रभावकारी हुनुपर्ने धारणा राखेको थियो ।
कार्यलयबाट प्रारम्भिक चरणमा सवारी दर्ता, नामसारी, नवीकरण, प्रतिलिपि जारी, सवारी जाँचपास ९प्राविधिक निरीक्षण÷परीक्षण०सम्बन्धी कार्य, बाटो इजाजात ९रुट परमिट० प्रदान र नवीकरणसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ ।
प्रकाशित समय : १९:५४ बजे



















