गृहपृष्ठ केजरीवाललाई ठूलो राहत, अदालतले दियो जमानत

केजरीवाललाई ठूलो राहत, अदालतले दियो जमानत

केजरीवाललाई ठूलो राहत, अदालतले दियो जमानत

मदिरा घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदातलले जमानत दिएको छ ।

दिल्लीको राउज एभिन्यू अदालतले बिहीबार केजरीवाललाई धराैटीमा जमानत दिएको हो । केजरीवालका अधिवक्ता विवेक जैनले जमानत दिएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

मुख्य मन्त्री केजरीवाल अहिले दिल्लीको तिहाड जेलमा छन् । केजरीवाललाई भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले मार्च २१ मा पक्राउ गरेको थियो। त्यसपछि सर्वोच्च अदालतले उनलाई १० मेदेखि १ जुनसम्म अन्तरिम जमानत दिएको थियो ।

प्रकाशित समय : २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु