गृहपृष्ठ नेपालमा उत्पादित सबै विद्युत् खरिद हुनेगरी भारतसँग सम्झौता गर्न सुझाव
नेपालमा उत्पादित सबै विद्युत् खरिद हुनेगरी भारतसँग सम्झौता गर्न सुझाव
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले नेपालमा उत्पादित सबै विद्युत् खरिद हुनेगरी भारतसँग विद्युत् खरिद सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा १० हजार मेघावाट विद्युत् खरिद सम्झौता हुने चर्चा भइरहेका बेला ईप्पानका अध्यक्ष गणेश कार्कीले यस्तो बताएका हुन् ।
नेपालसँग कुरा गर्दै ईप्पानका अध्यक्ष कार्कीले नेपालमा उत्पादित जलविद्युत् जोसुकैले लगानी गरे पनि त्यसको खरिद भारतले गर्नेगरी सम्झौता गर्न सरकारसँग आग्रह गरे । बंगलादेशले पनि भारतको बाटो हुँदै दीर्घकालीन रूपमा विद्युत् खरिद गर्न पाउने प्रावधान अनिवार्य राख्न पनि सरकारलाई उनले सचेत गराए ।
तत्कालका लागि बंगलादेशले पनि नेपालसँग पाँच हजार मेघावाट विद्युत् खरिद गर्न चाहेकाले त्यसको पनि सुनिश्चित हुनेगरी सरकारले भारतसँग उक्त सम्झौता गर्न उपयुक्त हुने अध्यक्ष कार्कीको भनाइ छ ।
उनले भारतसँग विद्युत् खरिद सम्झौता गर्दा नेपालमा कुनै पनि देशले विद्युतमा लगानी गर्नसक्ने वातारण बनाउने कुरामा पनि सरकार अडिग रहनुपर्नेमा उनको जोड छ ।
प्रकाशित समय : ०९:१० बजे



















