global ime bank Long Banner Ad

गृहपृष्ठ आज नेप्सेमा ६० प्रतिशत सम्मको लाभांश सुरक्षित गर्न सकिने

आज नेप्सेमा ६० प्रतिशत सम्मको लाभांश सुरक्षित गर्न सकिने

आज नेप्सेमा ६० प्रतिशत सम्मको लाभांश सुरक्षित गर्न सकिने

आज पुस १९ गते बिहीबार नेप्सेमा कारोबार हुने ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीको भोलि अर्थात पुस २० गते बुकक्लोज तय गरिएको छ ।

जसमा बोटलर्स नेपाल (तराई) पनि रहेकाे छ । यस कम्पनीले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौँमा दिउँसो १२ बजे साधारण सभा बोलाएको छ। सभाले प्रति सेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित समय : ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु