global ime bank Long Banner Ad

गृहपृष्ठ पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ। गएराती सम्पन्न फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो।

पिएसजीको जितमा ली कांग इन र किलीयन एम्बप्पेले एक एक गोल गरेका थिए। फ्रेन्च सुपर कप हरेक वर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेता बीच खेल्ने गरिन्छ। पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औँ पटक जितेको छ।

२०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो। टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ।

प्रकाशित समय : ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु