काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विद्युत प्राधिकरणको ८ आयोजना निर्माणाधीन

5.27K
shares

नेपाल विद्युत प्राधिकरणको ८ वटा आयोजनाहरु निर्माको प्रक्रियामा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल २ वर्ष पुगेको उपलक्ष्यमा विहिबार गरिएको पत्रकार सम्मेलनमा ८ योजना निर्माणाधीन रहेको जानकारी दिएका हुन् ।

विद्युतीय खपत बढाउन विभिन्न ठाउँमा १३ वता चार्जिङ स्टेशन निर्माण प्रक्रियामा छन् भने ५१ वटा स्थापना भएको कुलमानले जानकारी दिएका छन् ।
त्यस्तै ९ हजार ३ सय सर्किट किमि र १० हजार ५ सय एमभिए क्षमताको ५४ वटा सवस्टेशन निर्माणाधीन रहेको छ । औद्योगिकरणको लागि आवश्यक माग आपुर्ति गर्ने हुलाकी राजमार्ग आसपासबाट ४००, २२० र १३२ केभी पूर्वपश्चिम प्रसारण लाईन निर्माण गर्ने कार्य सुरुवात भएको कुलमानले बताएका छन् ।

बुटवल–लमहि–छिन्चु, दोदोधार–दैची(अत्तरीया)को ४०० केभि प्रसारण लाइन खण्डको विस्तृत अध्ययन गरि निर्माण अगाडि बढेको बताइएको छ । बुटवल–गोरखपुरको ४०० केभी प्रसारण लाइनको निर्माण कार्य सुरु भएको समेत कुलमानले जानकारी दिएका छन् ।

एक हजार ६० मेगावट जडित क्षमताको माथिल्लो अरुण जलविद्युतको आयोजना स्थमा कार्यलय तथा कर्मचारी आवासगृहको निर्माण कार्य अन्तिम चरणमा पुगेको र २ किलोमिटर सुरुङमार्गसहित करिब २४ किलोमिटर प्रवेश सडक निर्माण सुरु भएको कुलमानले जनाकारी दिएका छन् ।

विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका ४ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको कुलमानले बताए ।

घट्यो नाफा

आर्थिक वर्ष २०७८–०७९ भन्दा गत आर्थिकमा प्रात्रिकरणको नाफा घटेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको कुलमानले बताएका छन् ।

तर, प्राधिकारणले अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो । अर्थात प्राधिकरणले नाफा १ अर्ब ४ करोडले घटेको देखिएको छ ।

कुलमानका अनुसार वर्ष भरिको सुख्खायामले विद्युत उत्पादनमा गिरावट आएकाले गर्दा नाफा घटेको हो ।