global ime bank Long Banner Ad

गृहपृष्ठ सुनकाे मूल्य १४ सय रूपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनकाे मूल्य १४ सय रूपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनकाे मूल्य १४ सय रूपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएकाे छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १४ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार पाँच रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ५० रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय : ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु