global ime bank Long Banner Ad

गृहपृष्ठ बागबजारमा चुनावको चटारो (फोटोफिचर)

बागबजारमा चुनावको चटारो (फोटोफिचर)

बागबजारमा चुनावको चटारो (फोटोफिचर)

मंसिर ४ गते हुने आमनिर्वाचनका लागि दलहरूको प्रचारप्रसारका लागि काठमाडाैंकाे बागबजार क्षेत्रमा प्रचार सामग्रीको छपाई व्यापाक रुपमा भइरहेको छ । उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रचारप्रसार सुरु हुने भएपछि विभिन्न पार्टीका झण्डा बनाउन बागबजार आसपास रहेका छापाखानाका व्यवसायीहरूलाई भ्याइ-नभ्याई छ । अरु बेला फुर्सदिला देखिने व्यापारीहरु निर्वाचनको मिति नजिकिँदै गर्दा दिन-रात नभनी व्यस्त देखिन्छन् । बागबजार क्षेत्रका हरेक व्यवसायीले दैनिक ५ देखि ६ हजार थानसम्म विभिन्न पार्टीका झन्डा छाप्ने उनीहरु बताउँछन् । उनीहरुले झण्डालगायत  ब्याच, टोपीजस्ता प्रचार सामग्रीहरू बनाइरहेका छन् ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु