काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपित भारतीय नागरिक पक्राउ

15.69K
shares

जनकपुरधाम उप महानगरपालिका २१ कि ११ वर्षीया बालिका कुमारी पञ्जियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक जनालाइ पक्राउ गरिएको छ ।

असार १७ गते बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश राज्यको मलिहावाद थाना काकोरी ग्राम पञ्चाय काकोरी ११ पिन नं ८१३१०९ गाउँ बण्डाखोरा स्थायी घर भई कुर्थास्थित चौधरी र मिश्र इन्डष्ट्रिजमा कार्यरत ३२ वर्षीय दिपु सिंहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

असार १७ गते दिउँसोे भैंसी चराउन गएको बेलामा कञ्चन चौधरी र मिश्र इन्डष्ट्रिजमा आँप टिप्न गएको बेलामा आँप दिने प्रलोभन देखाएर बलात्कार गरी मुख थिचेर हत्या गरेको दिपु सिंहले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।
उनका अनुसार कञ्चनको अर्धनग्न शव असार १९ गते घरभन्दा एक किलोमिटर टाढा दुधमती नदीको किनारमा फेला परेको थियो ।

शव फेला परेको ठाउँभन्दा ५० मिटरको दुरीमा ब्लान्केट माटोमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । अनुसन्धानको क्रममा प्रहरीले पीडित परिवारको उजुरीको अधारमा चौधरी र मिश्र इण्डष्ट्रिजमा कार्यरत सिंहलाई पक्राउ गरि सोधपुछ गर्दा घटना आफूले घटाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताए ।

डीएसपी कार्कीका अनुसार दिपु सिंहले बालिकालाई चौधरी र मिश्र इन्डष्ट्रिजमा बलात्कार गरेपछि मुख थिचेर हत्या गरेको थियो । हत्या पश्चात् शवलाई उनले प्रयोग गर्दै आएको ब्यालेन्केटमा बेरेर राखि राखेको थियो । शव गन्हाउन थालेपछि असार १८ गते राति ३ बजे दुधमती नदीको छेउमा झाडीमा फालेर ब्यालेन्केट माटोमा गाडेको प्रहरी समक्ष दिपु सिंहले बयान दिएको बताए ।