गृहपृष्ठ Tag: मृत्यु
आज बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका-१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमानै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । उदयपुरका प्रमुख...
बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेकाे इन्स्पेक्टर दीपक विष्टले जानकारी दिए । भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर...
कपिलवस्तुको महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ । दिनभर घरदैलोमा सहभागी भएर आएकी कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको उनका देवर रामकृष्ण चौधरीले जानकारी दिए । राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको...
पाल्पाको तिनाउ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नम्बरको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका-३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको...
आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए । छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि...
नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाकमा लोडर दुर्घटना हुँदा तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका-११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । सोमबार...
उत्तरी अफगानिस्तानमा भएकाे विस्फोटमा परेर ९ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १३ जना घाइते भएका छन् । बल्ख प्रान्तको राजधानी मजार-ए-शरीफमा दुई छुट्टाछुट्टै गाडीलाई लक्षित गरी विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । प्रहरीका प्रवक्ता मोहम्मद आसिफ वाजिरिले रमजानको...
हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । सर्केगाड गाउँपालिका-६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी...











