nmb bank

गृहपृष्ठ ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी-४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको इन्स्पेक्टर राजन ढकालले जानकारी दिए । उनका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् ।

घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ ।

सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु