nmb bank

गृहपृष्ठ भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेको लर्काे

भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेको लर्काे

भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेको लर्काे

स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ । ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ । कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् ।

‘कोटेश्वर, जडिबुटी क्षेत्र र माछापोखरी क्षेत्रको सडक केही साँघुरो भएको र घर फर्किन चाहनेहरूको भीड सडकमै आइदिनाले ट्राफिक व्यवस्थापनमा समस्या देखापरेको छ ।

मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने भएकाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उपत्यका छाडेर घर फर्किएको उनीहरुले बताएका छन् ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु