काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सहन्यायाधिवक्ता नेउपाने सचिवमा बढुवा

325
shares

काठमाडौं । सरकारले सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेउपानेलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २३ गतेको बैठकका मुख्य निर्णयहरू

१.विश्व बैंकसँग Nepal Earthquake Catastrophe BondNepal Earthquake Catastrophe Bond सम्बन्धी Mandate Agreement मा हस्ताक्षर गर्न स्वीकृति दिने।

२.बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने ।

३. जापानको आईची–नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने ।

४. नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता श्री अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने ।