इन्फोडेभलपर्सले सार्वजनिक गर्यो नयाँ KYC प्लेटफर्म ‘VeriXa’
वि.सं.२०८३ असोज २३ शुक्रवार १८:०१
shares

सारांश
- इन्फोडेभलपर्सले ‘VeriXa’ KYC प्लेटफर्म सार्वजनिक गर्यो।
- VeriXa मा डिजिटल KYC र जोखिम मूल्याङ्कनसहितका सुविधा।
- VeriXa बारे जानकारी र परीक्षण बुकिङ स्टल F3 मा उपलब्ध।
काठमाडौं । इन्फोडेभलपर्स प्रा. लि.ले नेपाल फिनटेक एक्स्पो २०२६ को दोस्रो चरणका अवसरमा नयाँ KYC तथा ग्राहक पहिचान र प्रमाणीकरण प्लेटफर्म ‘VeriXa’ सार्वजनिक गरेको छ।
असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भइरहेको एक्स्पोमा सार्वजनिक गरिएको VeriXa ले वित्तीय तथा व्यावसायिक संस्थाहरूको ग्राहक आबद्धता, KYC तथा नियामकीय अनुपालन प्रक्रियालाई एकीकृत र व्यवस्थित बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।
VeriXa मा अनलाइन खाता खोल्ने (Online Account Opening), डिजिटल KYC, भिडियो KYC, व्यवसाय प्रमाणीकरण (KYB), सम्पत्ति शुद्धीकरणसम्बन्धी परीक्षण (AML Screening), जोखिम मूल्याङ्कन (Risk Assessment) तथा कार्यप्रवाह व्यवस्थापन (Workflow Management) लगायतका सुविधा समावेश छन्।
यस प्लेटफर्मले बैंक तथा वित्तीय संस्था, सहकारी र अन्य व्यावसायिक संस्थाहरूलाई ग्राहक पहिचान, प्रमाणीकरण, जोखिम मूल्याङ्कन तथा अनुपालनसम्बन्धी प्रक्रिया सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुर्याउनेछ।
ग्राहक आबद्धतादेखि प्रमाणीकरणसम्मका सम्पूर्ण प्रक्रियालाई एउटै प्लेटफर्ममार्फत व्यवस्थापन गर्न सकिने VeriXa मा विभिन्न प्रणाली तथा सेवासँग एकीकरणको सुविधा पनि रहेको छ। यसले ग्राहकसम्बन्धी आवश्यक जानकारीको व्यवस्थापन र प्रमाणीकरण प्रक्रियालाई थप सहज बनाउने कम्पनीको अपेक्षा छ।
इन्फोडेभलपर्सका अनुसार वित्तीय तथा व्यावसायिक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा सुरक्षित, व्यवस्थित र नियामकीय अनुपालनमा आधारित ग्राहक व्यवस्थापनको आवश्यकता पनि बढिरहेको छ। यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले VeriXa विकास गरिएको छ।
एक्स्पोमा सहभागी ग्राहक तथा आगन्तुकहरूले स्टल नम्बर F3 मा पुगेर VeriXa को कार्यप्रणालीबारे जानकारी लिनुका साथै यसको परीक्षणका लागि बुकिङ गर्न सक्नेछन्।
























