गृहपृष्ठ पाल्पामा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

पाल्पामा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

पाल्पामा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

पाल्पाको तिनाउ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नम्बरको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका-३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा निस्दी गाउँपालिका-४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका-३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको अवस्था गम्भीर छ भने खाम्चाको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु