गृहपृष्ठ म्यादी प्रहरी आफ्नै साथीको कोठामा मृत भेटिए

म्यादी प्रहरी आफ्नै साथीको कोठामा मृत भेटिए

म्यादी प्रहरी आफ्नै साथीको कोठामा मृत भेटिए

हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

सर्केगाड गाउँपालिका-६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए । उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेको र उनी भुईँमा मृत फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु