गृहपृष्ठ फास्ट ट्रयाकमा लोडर दुर्घटना हुँदा तीन चिनियाँको मृत्यु, तीन घाइते

फास्ट ट्रयाकमा लोडर दुर्घटना हुँदा तीन चिनियाँको मृत्यु, तीन घाइते

फास्ट ट्रयाकमा लोडर दुर्घटना हुँदा तीन चिनियाँको मृत्यु, तीन घाइते

नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाकमा लोडर दुर्घटना हुँदा तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका-११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए ।

सोमबार साँझ करिब ५ लोडर ब्याक गर्ने क्रममा ५० मिटर तल खसेको थियो । त्यसमा सवार एक नेपालीसहित ६ जना चिनियाँ नागरिक घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो ।

उपचार क्रममा गम्भीर घाइते भएका तीन जना चिनियाँ नागरिकको मृत्यु भएको सिलवालले बताए ।

प्रकाशित समय : १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु