गृहपृष्ठ नाइमा एक्स्पोमा चेरी वान्डाका विद्युतीय भ्यान, बिनाधितो हायर पर्चेज सुविधा

नाइमा एक्स्पोमा चेरी वान्डाका विद्युतीय भ्यान, बिनाधितो हायर पर्चेज सुविधा

नाइमा एक्स्पोमा चेरी वान्डाका विद्युतीय भ्यान, बिनाधितो हायर पर्चेज सुविधा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले विभिन्न क्षमताका विद्युतीय व्यावसायिक भ्यान प्रदर्शनमा राखेको छ। अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा कम्पनीले ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान प्रस्तुत गरेको हो।

नाइमा एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा राखिएका यी सवारी व्यावसायिक तथा स्कुल–कलेज प्रयोजनलाई लक्षित गरिएको कम्पनीले जनाएको छ। भ्यानमा आधुनिक प्रविधि, उच्च ब्याट्री क्षमता, पिक पावर र पर्याप्त ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको छ।

कम्पनीका अनुसार ११ र १२ सिट क्षमताका मोडलमा ४१.८६ किलोवाट क्षमताको सीएटीएल ब्याट्री, ७० किलोवाट पिक पावर र १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। यी मोडलले एकपटकको चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री, ८० किलोवाट पिक पावर र २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। यसको रेन्ज पनि ३०० किलोमिटरसम्म रहेको कम्पनीले जनाएको छ।

१६ सिट क्षमताको मिनीबसमा ५३.५८ र ७० किलोवाट क्षमताका सीएटीएल ब्याट्री विकल्प तथा ८० र १२० किलोवाट पिक पावरका विकल्प उपलब्ध छन्। यसमा २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ।

विद्युतीय व्यावसायिक सवारीप्रति आकर्षण बढिरहेका बेला यी भ्यान यात्रु तथा व्यावसायिक यातायातका लागि विकल्प बन्न सक्ने कम्पनीको अपेक्षा छ।

यसैबीच, चेरी वान्डाले ग्राहकलाई हायर पर्चेजमार्फत बिनाधितो गाडी खरिद गर्ने सुविधा उपलब्ध गराएको जनाएको छ। एक्स्पोमा आउने ग्राहकले सवारीका मोडल, विशेषता, रेन्ज तथा खरिदका लागि उपलब्ध वित्तीय सुविधाबारे जानकारी लिन सक्नेछन्।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु