गृहपृष्ठ बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने
बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने भएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिका उजुरी प्राप्त हुना साथ उजुरीको छानबिन तथा सत्य अन्वेषणलाई प्रभावकारी बनाउने भएको हो । आज काठमाडौँमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुवकुमार चौहानले पीडित तथा पीडित परिवारको अधिकार र व्यक्तिको सरोकारलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने तथा आयोगबाट सम्पादन हुने कामलाई थप व्यवस्थित र परिणाममुखी बनाइने जानकारी दिए।
आयोगले आर्थिक वर्ष २०८२र८३ मा सम्पादन भएका काम, अनुसन्धान तथा छानबिनको अवस्था, उजुरीमाथि भएको कारबाही, पीडित तथा पीडित परिवारसँग गरिएको समन्वय, अभिलेख व्यवस्थापन लगायतको विषयमा जानकारी गराएको छ ।
आयोग हाल पदाधिकारीविहीन अवस्थामा रहेको छ ।
प्रकाशित समय : १८:२१ बजे


















