गृहपृष्ठ प्रोटोन इ.मास ५ नाइमा मोबिलिटी एक्सपोको आकर्षण

प्रोटोन इ.मास ५ नाइमा मोबिलिटी एक्सपोको आकर्षण

प्रोटोन इ.मास ५ नाइमा मोबिलिटी एक्सपोको आकर्षण

काठमाडौं । नेपालमा हालै सार्वजनिक गरिएको प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ को प्रमुख आकर्षण बनेको छ ।

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले सार्वजनिक गरेको इ.मास ५ को बुकिङमा ग्राहकको आकर्षण बढेको जनाएको छ । अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा सञ्चालन हुने एक्सपोको हल ‘बी’, स्टल ‘एल–६’ मा ग्राहकले गाडीको अवलोकन तथा बुकिङ गर्न सक्नेछन् ।

कम्प्याक्ट इलेक्ट्रिक एसयूभी इ.मास ५ सेग्मेन्टमै पहिलो रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित रहेको कम्पनीको दाबी छ । गाडीमा रियर मल्टि–लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन, ३७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३६० डिग्री क्यामेरा र भेहिकल–टु–लोड प्रविधि उपलब्ध छन् ।

इ.मास ५ मा ७० लिटरको फ्रन्ट स्टोरेज, २८ लिटरको सिटमुनिको स्टोरेज र २० लिटरको सेन्टर कन्सोल स्टोरेजसमेत दिइएको छ ।

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार र ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु