गृहपृष्ठ ट्राफिक प्रहरीलाई वित्तीय साक्षरता तथा लगानीसम्बन्धी प्रशिक्षण

ट्राफिक प्रहरीलाई वित्तीय साक्षरता तथा लगानीसम्बन्धी प्रशिक्षण

ट्राफिक प्रहरीलाई वित्तीय साक्षरता तथा लगानीसम्बन्धी प्रशिक्षण

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका लागि वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकले कार्यक्रम आयोजना गरेका हुन्।

कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारीलाई पुँजी बजार, धितोपत्रमा लगानी गर्ने तरिका, लगानीका सम्भावित लाभ तथा चुनौतीका विषयमा जानकारी दिइएको थियो। साथै, सुरक्षित डिजिटल बैंकिङ तथा वित्तीय कारोबारका विषयमा समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

कार्यक्रममा वक्ताहरूले सडक अनुशासनजस्तै वित्तीय अनुशासन पनि आवश्यक रहेको उल्लेख गर्दै नियमित आम्दानीबाट सानो रकम बचत गरी सुरक्षित लगानीको सुरुवात गर्न सकिने बताए।

बचतसँगै लगानी गर्ने बानीको विकास गरी समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमले सहभागीमा लगानीप्रति सकारात्मक सोच विकास गर्न प्रेरित गरेको आयोजकको भनाइ छ।

कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी अधिकृत, आयोजक संस्थाका पदाधिकारी तथा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु