गृहपृष्ठ नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशत छुट
नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशत छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा स्वास्थ्य सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन्।
यससम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवामा २० प्रतिशत छुटका साथै सिटी स्क्यान र शल्यक्रियामा थप १०/१० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट उपलब्ध हुनेछ।
छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ। सहभागीले कोषमा आबद्ध भएको प्रमाणपत्र वा आफ्नो पहिचान खुल्ने अन्य कागजातसमेत पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
प्रकाशित समय : १७:४० बजे


















