global ime bank Long Banner Ad

गृहपृष्ठ उपत्यकाका सबै सरकारी अस्पताल ‘कोभिड अस्पताल’, आकस्मिक बाहेकका अपरेसन नगर्न निर्देशन

उपत्यकाका सबै सरकारी अस्पताल ‘कोभिड अस्पताल’, आकस्मिक बाहेकका अपरेसन नगर्न निर्देशन

उपत्यकाका सबै सरकारी अस्पताल ‘कोभिड अस्पताल’, आकस्मिक बाहेकका अपरेसन नगर्न निर्देशन

सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालमा रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित बिरामीलाई आईसीयू बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए । कोभिड अस्पतालका रूपमा सेवा दिने सरकारी अस्पतालमा स्वास्थ्य सेवा विभागले आईसीयु, भेन्टिलेटर र अक्सिजनलगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए ।

यस्तै, कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उनले आग्रह गरे । यसैगरी अस्पतालले विभिन्न होटलसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ । मन्त्रालयको स्वीकृति लिएर अस्पतालले होटललाई आइसोलेसन सेन्टरका रूपमा सञ्चालन गर्न पाउनेछन् । यद्यपि, त्यहाँ संक्रमित बाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन ।

प्रकाशित समय : ०१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु