गृहपृष्ठ सनराइज बैंकबाट मिस्ड कल गरेरै तिरौँ बिजुलीको पैसा
सनराइज बैंकबाट मिस्ड कल गरेरै तिरौँ बिजुलीको पैसा
सनराइज बैंकले मिस्ड कल गरेकै भरमा बिजुलीको पैसा तिरिदिने सेवा सुरु गरेको छ । बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौँ’ अभियानअनुरुप मिस्ड कल सेवामार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको हो ।
यो सेवाको सुरुवातसँगै सनराइज बैंकका ग्राहकले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्ड कल गरी मासिक विद्युत् महसुल तिर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न एकपटक आफ्नो विद्युत महसुलसम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता गराए पुग्नेछ । ग्राहकको सुविधाका लागि डिजिटल दर्ता प्रणाली पनि छिट्टै कार्यान्वयनमा ल्याउने बैँकले जनाएको छ ।
हालसम्म सनराइज बैंकका ग्राहकले सनराइज स्मार्ट एपबाट बत्ती, पानी आदिको शुल्क आफैँ भुक्तानी गर्दै आएका थिए । अब भने इन्टरनेटबिना नै सामान्य मोबाइलबाटै मिस्ड कल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् । कोभिड १९ महामारीको समयमा घरैमा बसेर विभिन्न सेवाका शुल्क भुक्तानी गर्न मिल्ने व्यवस्थाले ग्राहकलाई भीडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैँकको विश्वास छ ।
प्रकाशित समय : १२:४२ बजे



















